फागुन २९, भक्तपुर पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम बिस्फोट गराएको अभियोगमा प्रहरीले विप्लव नेतृत्वको नेकपा, भक्तपुर जिल्ला सदस्यलाई पक्राउ गरेको छ ।
मध्यपुरथिमि नगरपालिका वडा नं.१ लोकन्थलीको मनोहरा फाँटमा रहेकोे बाँस्कोटाको घरमा बुधबार बिहान गराइएको बम विस्फोटको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले लमजुङ्ग मस्र्याङ्दी गाउँपालिका(४ घर भएर हाल लोकन्थलीको सुकुम्वासीबस्तीमा बस्दै आएका ५८ वर्षीय देव भन्ने देवीबहादुर गुरुङलाई प्रक्राऊ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिएकन छन् ।
बास्कोटा निवासमा आक्रमण हुनसक्ने सुराकी प्रहरीलाई पहिला नै आइसकेकाले त्यसक्षेत्रमा सुरक्षा सतर्कता बढाएर २४ सै घण्टा प्रहरीहरु तैनाथ गरिएको भए पनि बुधबार बिहान प्रहरीहरु घरकै पछाडि रहेको बेलामा अगाडिबाट बम छाडेर बिस्फोट गराएको थियो ।