इटालीमा कोरोनाबाट ४६३ को मृत्यु देशभरि नाकाबन्द

 

फागुन २७, एजेन्सी – इटालीमा कोरोना भाइरसबाट ४६३ जनाको ज्यान गएको पछिल्लो समाचारमा जनाइएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलने क्रम तीव्र बनेपछि यहाँ देशभरिका नाका बन्द गरिएको छ ।

भाइरसको सङ्क्रमण दर उच्च बनेपछि २० वटै प्रान्तमा आपत्कालिन अवस्थाबाहेक हिँडडुल गर्न प्रतिबन्ध लगाएर देशव्यापी क्वारेन्टाइन घोषणा गरिएको छ ।

इटालीमा २४ घण्टामा थप ९७ जनाको ज्यान गएको र सङ्क्रमितको संख्या ९ हजार १७२ पुगेको बताइएको छ । इटालीले आइतबार मात्रै १ करोड ६० लाख नागरिकलाई क्वारेन्टाइनमा राख्ने जनाएको थियो ।

कोरोनाको संक्रमण हाल ११३ देशमा फैलिसकेको छ । एक लाख १४ हजारभन्दा धेरैमा सङ्क्रमण भएको छ । ६२ हजार मानिस उपचारपछि निको भएर घर फर्किएका छन् भने चार हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन् ।