क्षितिजको पश्चिम कुनाबाट
फागुन २५, काठमाडौं – गृष्म ऋतुको एउटा सुन्दरता सफा निलो आकाश देख्न पाउनु हो । जाडो हुने मुलुकहरुका लागि गृष्म ऋतुको आशा त प्रतिक्षित नै हुन्छ, सफा र नीलो आकाशको त झनै के तुलना ।
कुन कारणले आकाशको रंगलाई निलो बनाउँछ त ? बैज्ञानिकहरुको लागि यसको जवाफ सिधा छ: रेइलि स्केटरिंग (Rayleigh Scattering) । जब सुर्यको सेतो प्रकाश पृथ्वीमा पुग्छ, पर्यावरणमा अवस्थित ग्याँसका अणुहरुलाई हिर्काउन थाल्छ ।
यी अणुहरु – बिशेषत नाईट्रोजन र अक्सिजन – दृष्टिगोचर हुने रंगावलीमा (स्पेक्ट्रम) प्रकाशको तरंगको लम्बाई (वेभलेंग्थ अफ लाईट) भन्दा सानो हुन्छन; त्यसै कारणले यिनले प्रकाशलाई छर्ने काम गर्छन ।
सेतो प्रकाशहरु फरक तरंगका लम्बाईहरुद्धारा बनेका हुन्छन जसको कल्पना गर्दा हामीलाई ७ वटा भिन्न भिन्न रंगहरु (रातो, सुन्तले, पँहेलो, हरियो, नीलो, आकाशे र बैंगनी) मिलेर बनेको इन्द्रधनुषीय रंगावलीको (स्पेक्ट्रम) परिकल्पना आउँछ ।
१७औं शताब्दीमा आईज्याक न्युटनले गरेको प्रिज्मको सफल प्रयोग पछि नै इन्द्रधनुषका ७ रंग हामीले जान्यौं । स्पेक्ट्रमको बैंगनी रंगतर्फ प्रकाश छोटो अनि कडा (कसिएको अर्थमा) तरंगमा (सर्टर, टाईटर वेभ) यात्रा गर्छ जुन पर्यावरणमा अवस्थित अणुहरुबाट बढी प्रभावित हुन्छन, स्पेक्ट्रमको रातो रंगतर्फ प्रकाशले गर्ने यात्राको लामो, छोटो तरंग (लंगर, लोअर फ्रिक्वेन्सी वेभ) को तुलनामा ।
यो घटनालाई लर्ड रेइलिले १९औं शताब्दीमा पत्ता लगाएका थिए र उनकै नामबाट यसको नामाकरण “रेइली स्केटरिंग” राखियो । लर्ड रेइलि बेलायती भौतिक शास्त्री थिए । आकाश नीलो देखिन्छ किनकी पर्यावरणले लामो दुरीको तरंग भन्दा छोटो दुरीका तरंगहरु धेरै छर्ने गर्छ: त्यसो हुनाले सुर्यको छरिएको प्रकाश जुन हाम्रो आँखामा आईपुग्छ (न कि सुर्यतर्फ) जतिबेला हामी आकाश तर्फ हेरिरहेका हुन्छौं मुख्यत: नीलो हुन्छ/देखिन्छ ।
केही रोचक पक्षहरु पनि छन: दुनियाँमा सबैले आकाश नीलो छ भनेर मान्दैनन । १९औं शताब्दीमा चारपटक बेलायतका प्रधानमंत्री बनेका तात्कालिक बेलायती प्रधानमन्त्री विलियम ग्लाडस्टोनले सन १८५८ मा बिख्यात ग्रीक कबि होमरमाथि केही संधीहरु लेखेका छन । उनले बिस्मय प्रकट गरेका छन कि होमरले कहिं कतै एकपटक पनि नीलो शब्दको प्रयोग गरेका छैनन बरु रंगहरुलाई निकै अनौठो रुपमा गरेका छन ।
उदाहरणको लागि समुन्द्रलाई रक्सी जस्तो गाढा (वाईन-डार्क), फलामलाई बैगनी (भायोलेट), महलाई हरियो भनि ब्याख्या गरेका छन । थप अनुसन्धानहरुले देखाउँछ कि कुरान, सक्कली हिब्रु बाईबल, आईसल्याण्डिय सागाहरु (सागाकालका ग्रन्थहरु) र १००० देखि १५०० वर्ष जीसस पुर्ब भारतवर्षमा लेखिएको बैदिक स्त्रोतहरुमा समेत रंगहरुको उल्लेख भेटिन्न । यति सम्म कि स्वर्गको बखान गर्दा समेत यसको प्रयोग भेटिन्न ।
बिश्वमा अझै पनि थुप्रै यस्ता भाषाहरु छन जसमा यस्तो शब्द छैन जसले स्पेक्ट्रमको हरियो र बैगनी भाग बीचको (रातो, सुन्तले, पँहेलो, हरियो, नीलो, आकाशे, बैगनी) भाग जनाउने अँग्रेजी शब्दसंग समानान्तर मेल राखोस । रसियनहरुले आकाशलाई गोलुबो (हल्का नीलो) वा सिनी (गाढा नीलो) भन्छन जबकी जापानमा (आओई) शब्दले आकाशलाई इँगित त गर्छ साथै स्याउ र घाँसलाई पनि ।
नामिबियाका हिम्बा आदिबासीहरु आकाशलाई जुजाउ भनेर ब्याख्या गर्छन, जसको अर्थ झण्डै “अँधकार” हुन्छ तर, त्यसमा रातो, हरियो, बैगनी साथसाथै नीलो प्रतिबिम्ब (छाँया) समेत सामेल गर्छन । यो अवस्था भाषाको उल्थासंग सम्वन्धित मात्र होइन, त्यो भन्दा पनि धेरै अतिशय रुप हो । प्रमाणहरुले देखाउँछ कि मानिसहरु बिश्वलाई कसरी परिभाषित गर्छन वा बुझ्छन भन्ने कुरामा भाषाको ठुलो प्रभाव हुन्छ ।
अबिश्वसनीय जस्तो पनि लाग्छ कि रंगलाई जनाउने शब्दहरु पनि नितान्त भिन्न मात्र नभएर बिभिन्न छाँयाहरु (प्रतिबिम्ब) समेतलाई जनाउने फरक शब्द देखिन्छन । शब्दको अभावमा तपाई यसलाई स्वत र सहज रुपमा ग्रहण गर्न (बुझाईको अर्थमा) सक्नु हुन्न । यसलाई प्रमाणित गर्न बैज्ञानिकहरुले बिभिन्न रंगका टायलहरुको फरक फरक समुह बनाएर हिम्बा आदिबासीहरुलाई देखाए ।
उनीहरुलाई ११ जोडी हरियो टायलहरु बीच १ वटा नीलो रंगको टायल टिप्न गार्हो भयो (यधपि उनीहरुले सल्लोको रुखको जस्तो रंग भएका थुप्रै टायलहरुको बीचमा लुकेको एउटा पँहेलो-हरियो टायल अँग्रेजी भाषीहरुको तुलनामा सजिल्यै भेटे वा देखे ) । यसर्थ, तथापि यो सत्य हो कि अँग्रेजी भाषीहरुको लागि आकाश नीलो छ, तर मात्र तर्कसंगत रुपमा नीलो छ किनभने उनीहरु यसलाई नीलो भन्छन ।
श्रोत: गो फिगर, द इकोनोमिस्ट
प्रस्तोता: अशोक कुमार गहतराज सुनार