कोरोनाबाट बच्न पूर्वसावधानी अपनाउनुपर्छ -सभापति देउवा

फागुन २१, काठमाडौ -पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस रोग नेपालमा पनि भित्रिने सम्भावना रहेको बताएका छन ।

नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कोरोना रोग अत्यन्तै खतरनाक र डरलाग्दो रोग भएकाले यसको सङ्क्रमणबाट बच्न सबै दाजुभाइ तथा दिदीबहिनीलाई सचेत हुन आग्रह गरेका छन ।

सभापति देउवाले भने, “यस रोगको पूर्वसावधानीका लागि भरसक हात नमिलाउने, नमस्कार गर्नेलगायतका गतिविधि गर्न आवश्यक छ ।”