सिटिजन्स र मेदान्त बिच सहकार्य

फागुन १९, काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल र भारतस्थित मेदान्त मेडिसिटी अस्पताल बिच बैंकका ग्राहकहरुलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र अस्पतालका सेल्स एन्ड मार्केटिङका उपाध्यक्ष सुकेश थरेजाले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे ।