“यसकारण रतनले प्रचण्डलाई जुत्ता प्रहार गरे”

फागुन १८,काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार भएको छ । राष्ट्रियसभा गृहमा भइरहेको एक कार्यक्रममा पुगेका दाहालमाथि बाहिरबाट जुत्ता प्रहार भएको हो । जुम्लाको सिञ्जा गाउँपालिका २ घोडेंगाका २२ वर्षीय युवक रतन तिरूवाले प्रचण्डलाई लक्षित गरी जुत्ता प्रहार गरेका थिए ।

अहिले उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ। प्रहरीसंगको बयानमा उनले प्रचण्डले वर्गसंघर्षका कुरा गरेको र आफुलाई मन नपरेका कारण उनिमाथी जुत्ता प्रहार गरको बताएका छन् ।

उनले भनेका छन् “‘प्रचण्ड आउने भएपछि भाषण सुन्न गएको थिएँ। उहाँले वर्गसंघर्षको कुरा गर्न थाल्नुभयो। पहिला उहाँले भन्ने कुरा र अहिलेको उहाँको अवस्था मिलेको छैन। मलाई चित्त बुझेन। अनि जुत्ता हानेको हुँ,’

रतन पूर्वमाओवादी कार्यकर्ताका छोरा भएको खुलेको छ । रतनका बुवा तत्कालीन माओवादीमा लागेका कारण ज्यान गुमाएका थिए। उनले नेपालगञ्जमा अमिन पढेका थिए । हाल उनि लोक सेवा आयोगको तयारी गरिरहेका थिए ।

पछिल्लो समय रतन नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको विद्यार्थी संगठनमा आवद्ध थिए।