फागुन, १८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी २१ फागुनमा त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्ने भएका छन् । त्यसका लागि १९ फागुनमा उनी अस्पताल भर्ना हुनेछन् । आज बसेको नेकपा केन्द्रीय सचिवालयको बैठकमा प्रधानमन्त्री ओलीले आफूले मिर्गौला प्रत्यारोण गर्न लागेको जानकारी गराएका हुन् ।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै आजको बैठकमा अन्य विषयमा छलफल नभएको र प्रधानमन्त्रीको सफल शल्यक्रियाको कामना गरेको बताए ।
प्रधानमन्त्री ओलीले दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्न लागेका हुन् । यसअघि १२ वर्ष पहिले प्रत्यारोपण गरेका ओलीको मिर्गौलामा समस्या आएपछि नियमित डायलासिस भइरहेको थियो ।