फागुन १८,काठमाडौं – एसीसी ईस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेटको दोस्रो खेलमा नेपालले आज (आईतबार) हङकङसंग खेल्दैछ ।
थाईल्याण्डको बैंककमा आफ्नो पहिलो खेलमा मलेसियासंग पराजित भएर दबाबमा आएको नेपालले प्रतियोगिताको दोस्रो खेल खेल्न लागेको हो ।
खेल नेपाली समय अनुसार बिहान सवाँ ८ बजे सुरु हुनेछ ।
औसत बलिङ र कमजोर ब्याटिङको कारण नेपाल पहिलो खेलमा मलेसियासंग २२ रनले पराजित भएको थियो ।
उपाधि जित्ने लक्ष्य सहित थाईल्याण्ड हिडेको नेपाल पहिलो खेलमै पराजित बनेको थियो ।