फागुन १८, एजेन्सी – वासिङ्टन( कोरोना (कोभिड १९) भाइरस संक्रमणका कारण अमेरिकामा एक जनाको मृत्यु भएको छ। वासिङ्टनमा उपचारका क्रममा नर्थ वेष्ट राज्यका ५० वर्षीय एक पुरुषको मृत्यु भएको हो।
कोरोनाका कारण एक जनाको मृत्यु भएपछि वासिङ्टनका गभर्नरले आपत्कालीन स्थितिको घोषणा गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको सम्भावित खतरासँग लड्न अमेरिका तयार रहेको बताएका छन्।
अमेरिकाले इरान, इटाली र दक्षिण कोरिया यात्रामा प्रतिबन्धको घोषणा गरेको छ। चीनको वुहानबाट सुरु भएको कोरोना संक्रमण यतिखेर विश्वका ६० भन्दा धेरै देशमा फैलिइसकेको छ। २९ सय भन्दा बढीको मृत्यु भएको बीबीसीले जनाएको छ। कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या ८६ हजार नाघेको छ।