चन्द समूहका दुई नेता भक्तपुरबाट पक्राउ

फागुन १८, काठमाडौं – महानगरीय प्रहरी परिसर भक्तपुरले नेत्रविक्रम चन्द समूहका दुई नेतालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कालीकोटको रुक्सा गाउँपालिका–४ घर भई हाल भक्तपुरको मध्यपुरथिमि नगरपालिका–९ निकोसेरा बस्ने ३१ वर्षीय कुशल बोगटी र रोल्पाको त्रिवेणी गाउँपालिका–५ जुँगार घर भई हाल मध्यपुरथिमि नपा–२ बस्ने ३७ वर्षीय बुद्धिलाल पुन रहेका प्रहरीले जानकारी दिएको छ ।

भक्तपुरको फरक–फरक स्थानबाट पक्राउ परेका बोगटी र पुन चन्द समूहका भक्तपुर जिल्ला सेक्रेटरीसमेत रहेको प्रहरीले जानकारी दिएको छ ।