फागुन १७ काठमाडौं प्रहरीले नेपाली फिल्मका नायक अनमोल केसीलाई ठगी प्रकरणमा खोजिरहेको छ। एक हप्ता भयो‚ तर उनी प्रहरी कार्यालय गएका छैनन्। केसीविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा पाँच लाख ठगीको उजुरी परेको हो
जयन श्रेष्ठ र रुपेन्द्र खड्गीले् उनिबिरुद्ध उजुरी दर्ता गरेका हुन् । ‘धुपौरे’ फिल्मका निर्माता रहेका उनीहरुले ‘अनमोल केसीले फिल्म खेल्छु भनेर पाँच लाख एड्भान्स लिएको तर फिल्म पनि नखेलेको र सो पैसा पनि नदिएको’ भन्दै परिसरमा उजुरी दिएका हुन्।
दुवै फिल्म निर्माताका अनुसार उनले असोज ३ मा ४० लाख पारिश्रमिकमा फिल्ममा अभिनय गर्ने भन्दै एड्भान्स बापत पाँच लाख रुपैयाँ लिएका थिए।
सहमति गरेर पारिश्रमिकको एड्भान्स समेत लिइसकेपछि निर्माण टिमले अनमोलले धुपौरे फिल्म खेल्ने भनेर घोषणा समेत गरे। फिल्म साम्तेन भुटियाले निर्देशन गरेका थिए। तर एकाएक अनमोलले फिल्म नखेल्ने समाचार बाहिरिएको थियो।
नर्माण टोलीले उजुरीमा गरेको दाबीअनुसार अनमोलले आफूले पाँच लाख लिएको र अन्य प्राविधिकहरुलाई समेत अग्रिम पैसा दिन लगाउँदा ३० लाख बढी खर्च भएको तर पछि फिल्म नखेल्ने भनेकाले क्षतीपूर्तीसमेत माग गरिएको छ।