साढे चालीस हजार घुस लिएको अभियोगमा सवइञ्जिनीयरलाई मुद्दा

फागुन १३, काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूकम्पपछिको पुनःनिर्माणका क्रममा सेवाग्राहीसँग ४० हजार ५०० घुस माग गरेको अभियोगमा सवइञ्जिनीयर नवलेशकुमार रौनियारलाई पक्राउ गरेको छ ।

कास्कीको मादी गाउँपलिका–९ का सेवाग्राहीसँग जिल्ला आयोजना कार्यान्वयन एकाइ कास्कीबाट खटिएका सवइञ्जिनीयर रौनियारलाई पक्राउ गरेको हो ।

उनि माथी थप अनुसन्धान भइरहेको आयोगले जानकारी दिएको छ ।