खेल क्षेत्रमा उच्च लगानी रहेको छ – मुख्यमन्त्री राई

फागुन ११, काठमाडौ- प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ लाई खेलकूदको राजधानीका रूपमा विकास गर्ने गरी काम भइरहेको जानकारी दिएका छनछ । तेस्रो मदन भण्डारी स्मृति कप पुरुष भलिबल प्रतियोगिताको समापन समारोहलाई शनिबार सोलुखुम्बुमा सम्बोधन गर्दै उनले प्रदेश सरकारले खेलक्षेत्रमा रु ४२ करोड लगानी गरेको जानकारी दिए ।

सोलुखुम्बुमा निर्माणाधीन अवस्थामा रहेको कभर्डहललाई उदाहरणका रूपमा प्रस्तुत गर्दै मुख्यमन्त्री राईले सयौ हल निर्माणाधीन अवस्थामा रहेको बताए। प्रदेश नं १ लाई समृद्ध बनाउने गरी नेपाल कम्युनिष्ट पार्टी नेकपाको सरकारले काम गरिरहेको उनले वताए । मुख्यमन्त्री राईले भन्नुभयो, “समृद्ध नेपाल, सुखी नेपाली को नाराले सार्थकता पाउने गरी काम भइरहेको छ । ”