फागुन ११, एजेन्सी – कप्तान लिओनल मेसीले चार गोल गरेपछि साविक विजेता बार्सिलोना स्पेनिस ला लिगामा शनिवार आइबरलाई ५(० ले पराजित गरेको छ ।
जितपछि बार्सिलोना रियल मड्रिडलाई पछि पार्दै शीर्ष स्थानमा उक्लेको छ । २५ खेलबाट बार्सिलोनाको ५५ अंक हुँदा एक खेल कम खेलेको रियलको ५३ अंक छ ।
घरेलु मैदान नोउक्याम्पमा भएको खेलमा मेसीले २६ मिनेटमा ह्याट्रिक गरे ।
८७औं मिनेटमा मेसीले चौथो गोल गर्दा बार्सिलोनाले पनि ४–० को अग्रता बनायो । ८९ औं मिनेटमा आर्थरले गोल गरेपछि बार्सिलोनाले फराकिलो जित हात पारेको हो ।
पराजित आइबर भने २४ अंकसहित अंकतालिकामा १६औं स्थानमा छ ।