फागुन ९, काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री डा युवराज खतिवडालाई सम्हाल्ने गरी तोकिएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विहिबार राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले डा खतिवडालाई कार्यभार दिएकी हुन् ।
यस्तै बाँस्कोटाले सम्हाल्दै आएका शहरी विकास मन्त्रालयको जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री वसन्तकुमार नेम्वाङले पाएका छन् । राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तीमा सो जानकारी दिइएको हो ।