सञ्चारमन्त्री बाँस्कोटाले दिए राजीनामा

फागुन ८, काठमाडौं —सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिएका छन् ।

बाँस्कोटाले राजीनामा दिएको अनौपचारिक जानकारी आफूलाई प्राप्त भएको सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभा बैठकलाई जानकारी गराएका छन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा कमिसनको मोलमोलाई गरेको सञ्चारमन्त्री र विजयप्रकाश मिश्रबीचको संवाद रहेको अडियो सार्वजनिक भएपछि प्रमुख प्रतिपक्षी कांग्रेसले बर्खास्त गर्न माग गर्दै सदनमा अवरोध गरेको थियो।

कांग्रेसले अवरोध जारी राखेपछि सभामुख सापकोटालेराजीनामाको अनौपचारिक जानकारी आएको भन्दै सदनको प्रक्रिया अगाडि बढाउन आग्रह गरेका थिए।