फागुन ८, काठमाडौं – चलचित्र सेन्टी भाइरसको दोस्रो गीत ‘ए नि लै’ सार्वजनिक भएको छ ।
बुधवार चलचित्रको स्याड भर्जन गीत ‘ए नि लै’ सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा हर्क साउदको शब्द सुशान्त गौतमको स्वर रहेको छ ।
रामबाबु गुरुङले निर्देशन गरेको चलचित्रमा सिताराम कट्टेल र कुञ्जना घिमिरेका साथमा दयाहाङ राई, विल्सन विक्रम राई, वुद्दि तामाङ, कमलमणि नेपाल, राजाराम पौडेल, सुर्यमाला खनाल, वसन्त भट्ट र दीपक आचार्यको मुख्य भूमिका रहेको छ ।
राजनराज सिवाकोटी र कालीप्रसाद बास्कोटाको सङ्गीत, शैलेन्द्र डी कार्कीको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन, कुमार कट्टेल र दीपक आचार्यको लेखन रहेको छ । चलचित्र यहि शुक्रबारबाट प्रर्दशनमा आउने भएको छ ।