फागुन ७, काठमाडौं – प्रजातन्त्र दिवसको अवसरमा ३२९ जना कैदीहरु जेलमुक्त हुने भएका छन्। प्रकाश थेवेसमेत ३२९ जनाको बाँकी कैद कट्टा गरिने भएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २७६, फौजदारी कसुर ऐन २०७४ तथा फौजदारी कसुर नियमावली बमोजिम मन्त्रिपरिषदको सिफारिसमा उनीहरुलाई कैदबन्दी मिनाहा गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
जेलमा ५० प्रतिशत कैद सजाय भोगिसकेपछि असल चालचलन देखिएकालाई प्रजातन्त्र दिवसको अवसरमा बाँकी कैद मिनाहा हुने गरेको छ ।