फागुन ६, एजेन्सी – लण्डन क्लब चेल्सी प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाइटेडसँग पराजित भएको छ ।
सोमबार राति स्टामफोर्ड ब्रिजमा भएको खेलमा युनाइटेडले घरेलु टोली चेल्सीलाई २–० ले हराएको हो ।
खेलमा चेल्सीले पनि दुई गोल गरेको थियो तर रेफ्रिले मान्यता नदिँदा पराजित भयो ।
जितपछि युनाइटेडले शीर्ष चारको सम्भावना कायम राख्दै चौथो स्थानकै चैल्सीसँगको अंक दूरी ३ मा झारेको छ ।
२६ खेलबाट ४१ अंक रहेको चेल्सी चौथो स्थानमा छ । युनाइटेड ३८ अंकसहित सातौं स्थानमा छ ।
४० अंक जोडेको टोटनह्याम पाँचौं र ३९ अंकसहित शेफिल्ड युनाइटेड छैटौं स्थानमा छ ।