पूर्वसभामुख महराको मुद्दा ‘हेर्दाहेर्दैमा’, फैसला सोमबार

फागुन ४, काठमाडौं  – पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दालाई आज ‘हेर्दाहेर्दैमा’ राखिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजलाशमा अन्तिम सुनुवाइ भएको थियो ।

महराको पक्षबाट रमण श्रेष्ठ, भीमार्जुन आचार्य, शेरबहादुर केसी, लभ मैनाली लगायतले बहस गरेका थिए ।

महरामाथि आफ्नै सचिवालयमा कार्यरत कर्मचारीमाथि करणी उद्योगको अभियोग लागेको छ । गत कात्तिक १४ गते महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो ।

आरोप लागेपछि उनले असोज १४ गते सभामुखबाट राजीनामा दिएका थिए । महरा हाल पुर्पक्षका लागि डिल्लीबजार कारागारमा छन् ।

सचिवालयमा कार्यरत कर्मचारीमाथि करणी उद्योगको अभियोग लागेको छ । गत कात्तिक १४ गते महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो ।

आरोप लागेपछि उनले असोज १४ गते सभामुखबाट राजीनामा दिएका थिए । महरा हाल पुर्पक्षका लागि डिल्लीबजार कारागारमा छन् ।