खोटाङको दिक्तेलमा ग्लोबल आइएमई बैंकको शाखा उद्घाटन

 

फागुन ४, काठमाडौं – ग्लोबल आइएमई बैंकको खोटाङ शाखा शुक्रबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ ।

उक्त शाखाको उद्घाटन संयुक्त रुपमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीप नारायण रिजाल, उपमेयर विणादेवी राई, प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेल, खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष उपिन कुमार राई र ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी पौडेलले गाउँमा छरिएर रहेको पुँजीलाई संकलन गरी राष्ट्र निर्माणमा लगाउन आग्रह गरे । उनले ग्लोबल आइएमई बैंकको उपस्थितिले खोटाङकोे आर्थिक समृद्धिमा थप सहयोग पुग्ने बताए ।

खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष राईले जिल्लामा छरिएर रहेको पुँजीलाई संकलन गरी जिल्लामै साना तथा मझौला उद्यमको विकास तथा जिल्लाको कृषि क्षेत्रमा लगानी गर्न बैंकलाई सुझाव दिए ।

कार्यक्रममा बोल्दै ग्लोबल आईएमई बैंकका अध्यक्ष ढकालले बैंकको नयाँ शाखाबाट अन्तर्रा्ष्ट्रियस्तरको बैंकिङ्ग सेवा उपलब्ध हुने प्रतिवद्धता व्यक्त गरे ।