फागुन २, काठमाडौं – आज फेब्रुअरी १४, अर्थात् भ्यालेन्टाइन (डे र प्रेम दिवस आज विश्वभर मनाईंदै छ ।
नेपालमा पनि पछिल्ला दिनहरुमा यो दिवस मनाउने गरिएको छ । यस दिन आफूलाई मन परेका मान्छेलाई कार्ड, फूल, चकलेट तथा अन्य सामग्री दिएर प्रेम दर्शाइन्छ। आजको दिन संसारभरि आफ्ना प्रेमी, प्रेमिकालाई विभिन्न उपहार दिएर प्रेम देखाइन्छ ।
विशेषगरी बेलायत, क्यानडा, अमेरिका, मेक्सिको, फ्रान्स, अस्ट्रेलियाजस्ता देशमा यसलाई विशेष रूपमा लिइन्छ। यसलाई वर्षभरिको सबैभन्दा ‘रोमान्टिक’ दिनको रूपमा मनाउनेहरु पनि छन् ।