फागुन १, काठमाडौं – चलचित्र ‘आमा’ सेन्सर पास भएको छ । मंगलबार चलचित्र सेन्सर बोडले फिल्मलाई युनिभर्सल प्रमाण पत्र दिँदै प्रदर्शनका लागि खुल्ला गरेको छ ।
चलचित्र दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् । स्वदेशसहित अष्ट्रेलिया र अमेरिकामा पनि एकसाथ प्रदर्शनमा आउने फिल्म फागुन ९ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउन लागेको हो ।
चलचित्र अमेरिकाको लागि एट्ट्रा प्रोडक्सन र अष्ट्रेलियाका लागि एएसएपी इन्टरटेनमेन्टले प्रदर्शन ल्याउन लागेको हो ।
चलचित्रमा सुरक्षा पन्त र मिथिला शर्माको प्रमुख भूमिका रहेको फिल्ममा देशभक्त खनाल, सरिता गिरी, लक्ष्मी भुसाल, टीका पहारीलगायतका कलाकारहरुको पनि अभिनय छ ।