फागुन १, काठमाडौं – अमेरिकाविरुद्धको एकदिवसीय खेलमा उत्कृष्ट बलिङ गर्दै ६ विकेट हात पारेका सन्दीप लामिछानेले ठट्यौली शैलीमा आफू एसोसिएट राष्ट्रको नम्बर एक बलर भएको सङ्केत गरेका छन् ।
अमेरिकाविरुद्ध पाँच विकेटको ’हल’ गर्ने दोस्रो नेपाली खेलाडी बनेका सन्दीपले खेल सकिएपछि पत्रकारसँगको कुराकानीमा यस्तो बताएका हुन् ।
’एसोसिएट क्रिकेटमा एकै खेलमा सर्वा्धिक विकेट लिने राशिद खानपछि दोस्रो एसोसिएट खेलाडी भएकोमा के भन्नुहुन्छ ?’ भन्ने प्रश्नमा सन्दीपले ठट्यौली पारामा भने, ’राशिद अब टेस्ट खेलाडी भइसके, त्यसैले म नै नम्बर एक बलर हुँ ।’
बुधबारको खेलमा सन्दीप र सुशन भारी चम्किएपछि अमेरिका ३५ रनमै अलआउट भएको थियो । सन्दीपले ६ विकेट हात पार्दा सुशनले चार विकेट लिएका थिए । सन्दीपले आफूलाईभन्दा सुशनलाई बधाइ दिनुपर्ने प्रतिक्रिया पनि दिएका थिए ।