नवनियुक्त आईजीपी ज्ञवालीलाई दर्ज्यानी चिह्न प्रदान

माघ, २९ काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुर ज्ञवालीलाई गृहसिचव महेश्वर न्यौपानेले दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
बुधबार बिहान गृह मन्त्रलायलमा आईजीपी ज्ञवालीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।

आईजीपी सर्वेन्द्र खनालले ३० वर्षे सेवा अवधिका कारण मंगलबारबाट अवकास पाएपछि सरकारले २७ प्रहरी प्रमुखमा आईजीपी ठाकुर ज्ञवालीलाई नियुक्त गरेको थियो ।

दर्ज्यानी चिह्न कार्यक्रममा सशस्त्र प्रहरी बलका प्रमुख आईजीपी शैलेन्द्र खनालसहित अन्य प्रहरी अधिकारीको उपस्थित रहेको थियो ।