माघ २९, काठमाडौं – दिल्ली विधानसभा चुनावमा आम आदमी पार्टी (आप) ले फेरि एक पटक उत्कृष्ट प्रदर्शन गर्दै ६२ सिटमा जित हासिल गरेको छ । सन् २०१५ मा तीन सिट जितेको भारतीय जनता पार्टी (भाजपा) ले यसपटक आठ सिट जितेको छ ।
चुनाव आयोगका अनुसार जम्मा ७० सिटमध्ये आप ६२ सिटमा विजयी हुँदा भाजपाले आठ सिटमै चित्त बुझाउनु र्पयो । गएको चुनावमा शून्यमा रहेको काङ्ग्रेसले यसपटक पनि खाता खोल्न सकेन ।
मत प्रतिशतको कुरा गर्दा आप ५३ दशमलव ६५ प्रतिशत मतका साथ सबैभन्दा ठूलो पार्टी भएको छ । भाजपा ३८ दशमलव ४२ प्रतिशत मतका साथ दोस्रो स्थानमा छ । सन् २०१५ को विधानसभा चुनावमा नौ प्रतिशतभन्दा धेरै मत प्राप्त गरेको काङ्ग्रेस यसपटक मात्र ४ दशमलव २८ प्रतिशतमा सिमित भएको छ ।
मुख्यमन्त्री अरविन्द केजरीवाल, उपमुख्यमन्त्री मनीष सिसोदियासँगै राघव चड्ढा, आतिशी र दिलीप पान्डे विजयी भएका छन् ।