माघ २८, काठमाडौं –एन आई सी बैंकले ग्राहकहरुलाई भ्यालेन्टाइन अफर ल्याएको छ । बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत कारोबार गर्ने ग्राहकहरुलाई पाँचतारे होटल सोल्टी क्राउन प्लाजामा भ्यालेन्टाइन डे को दिन निःशुल्क डिनरको अफर ल्याएको हो ।
अफर अन्तर्गत ११ फेब्रुअरी देखि १३ फेब्रुअरी अर्थात माघ २८, २९ र ३० गते सम्म बैंकको मोबाईल एप प्रयोग गर्नेहरु मध्ये २० जना ग्राहकहरुले आफ्नो प्रेमी–प्रेमीका तथा जीवन साथीसँगै सोल्टीमा विशेष डिनर गर्न पाउनेछन् ।
यस बैंकको मोबाईल बैंकिङ्ग एप मार्फत कुनै पनि भुक्तानी जस्तै QR payment, , बिजुली बिल भुत्तानी, mobile top-up लगायतका सेवाहरुमा जतिसुकै रकमको कारोबार गनुपर्ने हुन्छ । तर इसेवा लोड, खल्ती लोड, क्रेडिट कार्ड पेमेन्ट र रकम ट्रान्सफरलाई भने बैंकले मान्यता नदिने बताएको छ ।
बैंकको मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४४२ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ५१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।