माघ २८, काठमाडौं – एकदिवसीय तथा टी–२० अन्तर्रा्ष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने प्रत्येक खेलाडीले प्रतिखेल खेले बापत ५ हजार रुपैयाँ पारिश्रमिक पाउने भएका छन् ।
यसअघि नेपाली खेलाडीले खेले बापत पारिश्रमिक पाउने गरेका थिएनन् । खेलाडी वर्गाीकरणका लागि क्यानका कोषाध्यक्ष रोशनकुमार सिंह संयोजक तथा केन्द्रीय सदस्य दुर्गाराज पाठक र अमितवीर पाण्डे सदस्य रहेको समिति गठन गरिएको छ ।
समितिले पुरुषतर्फ २४ खेलाडीलाई ए प्लस, ए, बी र सी श्रेणीमा विभाजन गरी क्यानलाई सूची बुझाउने छ । समितिले महिलातर्फ १८ खेलाडीलाई ए, बी र सी श्रेणी विभाजन गरी क्यान समक्ष सूची पेस गर्नेछ ।
\यसरी श्रेणीबद्ध गरिएका खेलाडीले वर्गीकरण गरिएअनुसार पारिश्रमिक पाउनेछन् । यसअघि पुरुष खेलाडीले मात्र पारिश्रमिक पाउँदै आएका थिए । आउँदो चैत तेस्रो साता पुरुष सिनियर एकदिवसीय प्रतियोगिता आयोजना गर्ने क्यानले निर्णय गरेको छ ।