बिहे नगरी आमा बनिन् नायिका कल्की

माघ २७, एजेन्सी –बलिउड नायिका कल्की कोलचिन विवाहै नगरी आमा बनेकी छिन्। ३६ वर्षकी उनले एक अस्पतालमा छोरी जन्माएकी हुन्। क्युट छोरीको आमा बनिसकेकी हुन्।

उनको पहिलो विवाह चर्चित फिल्म निर्माता अनुराग कश्यपसँग भएको थियो। दुवैले सन् २०११ मा विवाह गरेका थिए। तर त्यो सम्बन्ध लामो समयसम्म चल्न सकेन।

एक वर्ष अगाडि उनी इटलीका पियानोइस्ट हर्षबर्गको प्रेममा परेको समाचार सार्वजनिक भएको थियो । त्यसको केही दिनमै उनले आफू गर्भवती भएको सार्वजनिक गरेकी थिइन्।