प्रधानमन्त्री ओलीद्वारा गुरुङको निधनप्रति समवेदना प्रकट

मााघ २५, काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा सम्पर्क समन्वय कमिटीका सहइञ्चार्ज विजय गुरुङका ८७ वर्षीय पिता कुलबहादुर गुरुङको निधन प्रति समवेदना प्रकट गरेका छन् ।

प्रधानमन्त्रीले शुक्रबार एक शोक सन्देश जारी गरी दिवङ्गत गुरुङले समाजमा परिवर्तनका लागि निर्वाह गरेका भुमिकाको स्मरण गर्दै मृतकका परिवारमा सहानुभूति प्रकट गरेका छन् ।

गुरुङको गत सोमबार निधन भएको हो । उनका एक छोरा र दुई छोरी छन् ।