अमाला अधिकारीको गजल

माघ, २५ काठमाडौं ।
बारी बाँझै भाको समाचार आउँदैन हाम्रो
गाउँतिर पत्रकार आउँदैन

हली हुनुको मजा अर्कै छ मित्र
मेरा बालाई खोज्दै अख्तियार आउँदैन

प्रविधिको आविस्कार बढी रहे पनि
दिलको चिरफार गर्ने औजार आउँदैन

भरिया पुर्पुरोमा हात राखेर सोच्दछ
चुलो ध्वाँनुमा किन निखार आउँदैन ?

सम्झन खोज्छु को–को थिए आफन्त
आँखामा कसैको अनुहार आउँदैन ।