कफी खाँदाका फाइदाहरु

माघ २३, काठमाडौं –कफीको स्वाद लिएर थकान मेटाउँदै पुस्तक पढ्न होस् वा ल्यापटपमा अफिसको वा व्यक्तिगत काम गर्न कफी सप जाने चलन बढ्दै गएको छ ।

यतिमात्र होइन भेटघाट, रमाइलो तथा मिटिङका लागि कफी सप नै उपयुक्त गन्तव्य मानिन्छ । कफी पिउदा शरीरलाई फाइदाजनक हुन्छ । त्यसमा पनि जाडोमा यसले झनै फाइदा गर्छ । दूध र चिनीविनाको कफी खाँदा झनै प्रभावकारी हुन्छ ।

यस्ता छन् कफीका फाइदाहरु

कफीमा पाइने क्याफिननामक तत्वमा मस्तिष्कलाई प्रभाव पार्ने औषधीय गुण हुने भएकाले यसले शरीरमा ऊर्जा प्रदान गर्छ ।

प्रत्येक कप कफीले डायबिटिज हुने खतरालाई ७ प्रतिशत कम गर्छ ।

कफीमा पाइने क्याफिन पार्किन्सनका बिरामीका लागि उपयोगी मानिन्छ ।

नियमित कफी पिउँदा क्यान्सर र कलेजोसम्बन्धी रोग लाग्ने सम्भावना केही हदसम्म कम गर्छ ।

नियमित कफी पिउने मानिसको आयु अन्य व्यक्तिभन्दा बढी हुन्छ । साथै, कफीले ह्दयाघात र मस्तिष्कघात हुने सम्भावनासमेत कम गर्छ ।