माघ २२, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल ओमानसँग पराजित भएको छ ।
त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा ऐतिहासिक खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएको हो । ओमानले प्रस्तुत गरेको १ सय ९८ रनको लक्ष्य पछ्याएको नेपाल ४६.५ ओभरमा १ सय ७९ रनमा अल आउट भयो ।
नेपालका लागि शरद भेषवाकरले सर्वा्धिक ५५ रनको योगदान दिए । सन्दीप र शरदले आठौं विकेटका ३८ लागि रनको साझेदारी गर्दै जितको आशा बढाएका थिए । तर शरद आउट भएसँगै नेपालको जित टाढिएको थियो । सन्दीपले २७ बलमा ३ चौका र १ छक्का सहित २८ रनमा क्याच आउट भए ।
सुरुवाती चार रनमा दुबै प्रमुख ब्याट्सम्यान तथा ओपनर पारस खड्का र ज्ञानेन्द्र मल्ललाई गुमाएको नेपाललाई उप कप्तान दीपेन्द्र सिंह ऐरी र शरदले तेस्रो विकेटका लागि ६२ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए ।
२४ औं ओभरको पहिलो बलमा आरिफ शेख ६ रनमा जिशान मकसुदको कट एण्ड बोल्ड आउटको शिकार बने । लगत्तै दोस्रो बलमा रोहित कुमार पौडेल दोस्रो सिलिपमा रहेका खावर अलीबाट शून्यमा क्याच आउट भएपछि नेपालमा संकटमा परेको थियो । छैटौं विकेटका लागि विनोद भण्डारी र शरदले ४३ रनको साझेदारी गर्दै केहि आशा दिलाएका थिए ।
विनोद भण्डारीले २५ बलमा २ चौका र १ छक्का प्रहार गरे । करणले खाता खोल्न सकेनन् । अभिनाश बोहरा र सुशन भारीले ८(८ रन जोडे । ओमानका जिशान मकसुदले १० ओभरमा ३ मेडन सहित ३० रन खर्चेर ३ विकेट लिए । कलीमुल्लाह र बिलाल खानले २(२ विकेट लिए । मोहम्मद नदीम, खावर अली र अकीब इलियासको नाममा १(१ विकेट रह्यो ।
त्यसअघि टीयू क्रिकेट मैदानमा टसमा हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धा्रित ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९७ रन बनाएको थियो ।