माघ २२, काठमाडौ उदयपुरको कटारी नगरपालिका-४ तल्लो कटारी बस्ने एक युवक आफ्नै शरिरमा आगो लगाउँदा घाईते भएका छन् ।
मंगलवार राती १० बजे मादक पदार्थ सेवन गरी आफ्नै शरिरमा मट्टितेल खन्याई आगो लगाउँदा ३२ बर्षीय चन्द्र दनुवार घाइते भएका हुन ।
प्रहरीका अनुसार दनुवारको धरान स्थिति बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको छ । शरिरमा आगो लगाउनुको् कारण खुल्न सकेको छैन । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको वताएको छ ।