माघ २१, काठमाडौं – चीनमा रहेका नेपालीहरुको स्वास्थ्य परीक्षण गरेर मात्रै स्वदेश ल्याउने तयारी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरेर नेपाल फर्किनका लागि फारम भरेका सबैको स्वास्थ्य परीक्षण गरी स्वदेश ल्याइने जनाएको हो । नेपाल फर्काएपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिने बताइएको छ ।
मन्त्रालयले उनीहरुलाई राख्ने ठाउँको पहिचान भइरहेको जनाएको छ । हालसम्म भक्तपुरको विद्युत् तालिम केन्द्र, स्टाफ कलेज जावलाखेल, भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको हल, कीर्तिपुर आयुर्वे्दिक अस्पताल सम्भावित सुरक्षित स्थानको सूचीमा छन् ।
एउटा कोठामा तीन जनाभन्दा बढी मानिसलाई राख्न नमिल्ने मन्त्रालयले जनाएको छ। यसअघि वुहानबाट फर्किका एक जनामा संक्रमण देखिएको थियो।