बढ्यो ग्यासको मूल्य

माघ २१, काठमाडौं –नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य बढाएको छ ।

सोमबार राति १२ बजेदेखि लागू हुने गरी प्रतिसिलिण्डर २५ रुपैयाँ बढेको छ । अब खाना पकाउने ग्यासको मूल्य भने प्रतिसिलिण्डर एक हजार ३२५ रुपैयाँ पुगेको छ ।

पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रति लिटर एक रुपैयाँ घटाएको छ । पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य ९९ रुपैयाँ कायम भएको छ ।