माघ २०, काठमाडौं अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को टी–ट्वान्टी विश्व बरियतामा नेपाल यथावत् स्थानमा रहेको छ ।
आइसिसीले आज सार्वजनिक गरेको नयाँ बरियताअनुसार नेपाल टी–ट्वान्टीतर्फ १२औँ स्थानमा रहेको छ । यसअघि पनि नेपाल १२औँ स्थानमा थियो ।
टी–ट्वान्टीमा नेपाल ११ औँ स्थानसम्म पुगेको छ । टी–ट्वान्टीको विश्व बरियतामा पाकिस्तान शीर्ष स्थानमा, अष्ट्रेलिया दोस्रो, बेलायत तेस्रो, भारत चौथो र दक्षिण अफ्रिका पाँचौँ स्थानमा छन् । टी–ट्वान्टीको खेलाडी बरियताअन्तर्गत ब्याटिङतर्फ नेपालका पारस खड्का ६२ औँ स्थानमा छन् । यसअघि खड्का ६०औं स्थानमा रहेका थिए ।
यसैगरी बलिङतर्फ नेपालका सन्दीप लामिछाने ८५औँ स्थानमा छन् ।
यसअघि उनि ८३ औँ स्थानमा रहेका थिए । अलराउण्डरतर्फ पारस २७ औँ स्थानमा तथा सोमपाल कामी ६५औँ स्थान तथा करण केसी ७५ औँ स्थानमा छन् ।