माघ २०, एजेन्सी – इङ्गलिस प्रिमियर लिग फुटबलमा दोस्रो स्थानमा रहेको साविक विजेता म्यानचेस्टर सिटीले टोटनह्यामसँग पराजय भोगेको छ ।
खेलको ४० औं मिनेटमा पाएको पेनाल्टी अवसरलाई सदुपयोग गर्न नसक्दा सिटीले अग्रता लिन चुकेको थियो ।
६३ औं मिनेटमै प्रिमियर लिगमा डेब्यु गरेका डच स्ट्राइकर स्टेभन बर्ग्िवनले टोटनह्यामलाई अग्रता दिलाए । उनले लुकास माउराको पासमा गोल गरेका हुन् ।
७१ औं मिनेटमा टोटनह्यामले अग्रता दोब्बर बनायो । सन ह्युङ मिनले बक्स बाहिरबाट गरेको प्रहार आकर्षक गोलमा परिणत भएको थियो ।