माघ १५, काठमाडौं – सेमिफाइनलमा लेस्टर सिटीलाई ३–२ गोले हराउँदै भिल्ला फाइनलमा पुगेको हो ।
मंगलबार राति भएको दोस्रो लेगमा लेस्टर सिटीलाई दुई–एकले हराएपछि एस्टन भिल्लाले समग्रमा तीन–दुईको जित निकाल्यो । लेस्टरको मैदानमा भएको पहिलो लेग एक–एक गोलको बराबरीमा सकिएको थियो ।
खेलको ७२औँ मिनेटमा केलेची इहानाचोले लेस्टरका लागि गोल गर्दै खेल बराबरीमा र्पुयाए । इन्ज्युरी समयको तेस्रो मिनेटमा ट्रेजेग्वेटले गोल गर्दै एस्टन भिल्लालाई फाइनलमा र्पुयाए ।
लिग कपको उपाधिका लागि एस्टन भिल्लाले म्यान्चेस्टर सिटी र म्यान्चेस्टर युनाइटेडबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । बुधबार राति हुने म्यान्चेस्टर डर्बीले फाइनल पुग्ने टिमको टुुङ्गो लगाउनेछ ।
युनाइटेडको मैदानमा भएको पहिलो लेगमा सिटी तीन–एक गोल अन्तरले विजयी भएको थियो ।