माघ १५, काठमाडौं – सिभिल बैंक लिमिटेडले गण्डकी प्रदेश कार्यालय तथा शिवचोक शाखा पोखरा महानगरपालिकाको शिवचोक–१० मा स्थापना गरेको छ । सो शाखाको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री माननिय पृथ्वी सुब्बा गुरुङले गरेका थिए ।
उक्त शाखाको उद्घाटन समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री माननिय पृथ्वी सुब्बा गुरुङ, सिभिल बैंकका अध्यक्ष इ.इच्छाराज तामाङ्ग, संचालक प्रकाश तायल, प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, गण्डकी प्रदेश अन्तर्गतका सुरक्षा निकायका प्रमुखहरु लगायत सो क्षेत्रका राजनितिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री माननिय पृथ्वी सुब्बा गुरुङले संघीय गणतन्त्र नेपालको अवधारणा बमोजिम सिभिल बैंकले प्रदेश कार्यालय तथा शिवचोक शाखा गण्डकी प्रदेशको पोखरा शिवचोकमा स्थापना गरी बैंकिङ कारोवार संचालन गरेकोमा खुशी व्यक्त गरे ।
बैंकको उपस्थिति विना “समृद्ध नेपाल, सुखी नेपाली” हुन नसक्ने र शिवचोक शाखाले यस क्षेत्रको वित्तीय गतिविधिलाई बढावा दिने विश्वास व्यक्त गरे ।
सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सिभिल बैंकले आफ्ना वचत कर्ताहरु तथा उद्योगी, व्यवसायी, ग्राहकहरुको बैंकिङ आवश्यकतालाई केन्द्रविन्दुमा राख्दै अन्य सम्पूर्र्ण सरोकार वालाहरुको हितलाई ध्यानमा राखी आफ्ना सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसायी अभिवृद्वि गर्दै जाने कुरा बताए ।
सिभिल बैंकले हालसम्म ४ लाख १५ हजार भन्दा बढी ग्राहकहरु रहेको.५२ अर्व भन्दा बढी निक्षेप परिचालन गरी करीव ५० अर्व कर्जा लगानी गरेको छ । यस बैंकको गण्डकी प्रदेशमा १२ शाखा तथा नेपालभर कुलशाखा संख्या १०३ पुगेकोे बैंकले जनाएको छ ।