दामन घटनामा भारतीय विदेश मन्त्रीद्वारा दुस्ख व्यक्त

माघ ८, काठमाडौं – मकवानपुरको दामनको रिसोर्टमा आफ्ना ८ नागरिकको मृत्यु भएको घटनाबारे भारतीय विदेश मन्त्री एस जयशंकरले दुस्ख व्यक्त गरेका छन् ।

मंगलबार ट्वीट गर्दै जयशंकरले भनेका छन् “नेपालमा ८ भारतीय पर्यटकको मृत्यु भएको समाचारले मर्माहत भएको छु ।”

काठमाडौंस्थित हाम्रो दूतावासले घटनाक्रमलाई नजिकबाट पछ्याइरहेको छ। दूतावासका अधिकारीहरू अस्पतालमा खटिएका छन् र आवश्यक सहयोग गरिरहेका छन् ।

यसअघि केरलाका मुख्यमन्त्री पिनाराई विजयनले विदेशमन्त्री जयशंकरलाई पत्र लेख्दै आफ्नो राज्यका नागरिकको विदेशमा मृत्यु भएकाले आवश्यक सहयोग गरिदिन अनुरोध गरेका थिए ।

मृतक आठै जनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।