माघ ७, काठमाडौं – सभामुखका उम्मेदवार अग्नि सापकोटाले सभामुखको ओज‚ गरिमा‚ मूल्य र मान्यतालाई अझ उच्च पार्न आफूले भगिरथ प्रयत्न गर्ने बताएका छन्।
सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएपछि उनले पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै उक्त कुरा बताएका हुन्। ‘ ‘सार्वभौमसत्ता सम्पन्न जननिर्वा्चित संस्थाको ओज‚ गरिमा र मूल्यमान्यतालाई अझ उच्च पार्न भगिरथ प्रयत्न गर्नेछु,’ उनले भने।
उनले नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको प्रस्तावमा आफ्नो उम्मेदवारी दर्ता गराएका थिए।
समर्थकमा सांसदहरु देव गुरुङ‚ ओनसरी घर्तीमगर र लक्ष्मणलाल कर्ण थिए। प्रतिनिधिसभाको रिक्त सभामुख पदका लागि यही माघ १२ गते निर्वाचन हुँदैछ। सापकोटा सिन्धुपाल्चोक(१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वा्चित भएका थिए।