माघ ६, एजेन्सी – चीनको कुल जनसंख्याको ६०.६ प्रतिशत सहरी क्षेत्रमा बसोबास गर्दै आएका चीनको आधिकारिक तथ्याङ्कले देखाएको छ।
तथ्याङ्कमा सन् २०१८ को तुलनामा १.२ प्रतिशतले बढेको देखिएको छ। सन् २०१९ को अन्त्यसम्ममा चीनको सहरी क्षेत्रमा कुल ८४ करोड ८४ लाख ३० हजार जनसंख्या रहेको छ भने गाउँमा ५५ करोड १६ लाख २० हजार देखिएको राष्ट्रिय तथ्याङ्क विभागले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
चीनको सहरी जनसंख्यामा अघिल्लो वर्षभन्दा एक करोड ७० लाख बढेको छ भने गाउँको जनसंख्या एक करोड २० लाख ३९ हजार घटेको विभागले बताएको छ।