माघ ६, काठमाडौं – अन्नपूर्ण पदयात्राको क्रममा हिमपहिरोमा बेपत्ता भएका चार कोरियन र तीन नेपाली नागरिकलाई पदयात्रा क्षेत्रको हिमालयनबाट माथि देउरालीको बीच करिब तीन हजार २०० मिटर उचाइमा अवस्थित हिङ्कुकेभ वरिपरि गत माघ ३ गते बिहान १० बजेको आएकोे हिमपहिरोमा परी उनीहरु सम्पर्क्विहीन हुन पुगेका थिए ।
घटनामा केही विदेशी पर्यटक तथा नेपाली उम्किन सफल भएका थिए । नेपाली पथप्रदर्शक सरोज परियार,सहयोगी मीनबहादुर लामा(तामाङ) र छिरिङ भोटे तथा कोरियन नागरिक लि मिन सु, जोङ्गपिल बोङ्ग, किम सोक जा र चोइ जो वोनको अवस्था हालसम्म अज्ञात रहेको जनाइएको छ ।
टेकिङ्ग एजेन्सीज् एशोसिएशन) अफ नेपाल(टान) पश्चिमाञ्चल सङ्घ पोखराले आइतबार पत्रकार सम्मेलन आयोजना गरी हराइरहेका पर्यटकको खोजी कार्यमा प्रतिकूल मौसमका कारणले कठिनाइ भएको जनाएको छ ।
घटनास्थलमा बाक्लो हिउँ जमेको तथा अहिले पनि हिउँ पर्ने क्रम नरोकिएकाले बेपत्ता भएकाको अवस्था हालसम्म पनि यकिन हुन नसकेको टानका अध्यक्ष हरि भुजेलले जानकारी दिएका छन् ।
पदयात्रामार्गको दोभानभन्दा माथि तथा माछापुच्छ«े आधार शिविर, देउरालीलगायतका स्थानबाट १३० पर्यटक तथा नेपाली नागरिकलाई स्थानीयवासी, जनप्रतिनिधिलगायतको सहयोगमा हेलिकप्टरबाट उद्धार गरिएकोमा ६४ लाई पोखरा तथा अन्यलाई छोम्रोङसम्म ल्याइएको टानले जनाएको छ । घटनापछि अन्नपूर्ण पदयात्रा मार्गमा अहिले कोही पनि पर्यटक नरहेको बताइएको छ ।