चिसोबाट बच्न दम रोगीहरुलाई डा. पंकज पन्तका टिप्स

माघ ४, काठमाडौं – दुई दिनदेखि परेको बर्षा र हिमपातका कारण चिसो ह्वात्तै बढेको छ हिमाली क्षेत्रमा हिमपातले जनजीवन कष्टकर बनेको छ ।

काठमाडौंको मौसमी तापक्रम पनि ओह्रालो लागरिहेको छ । कतै कठ्याग्रिने जाडो, कतै शीतलहर त कतै हिमपातले जनजीवन अस्तब्यस्त बनेको छ ।

चिसोको सबभन्दा बढी असर श्वासप्रस्वासंगका बिरामीहरुलाई पर्ने छाती रोग बिशेषज्ञ डा. पंकज पन्त बताउछन् । उनका अनुसार पछिल्लो समय श्वासप्रस्वासंगका सम्बन्धी रोग दमका रोगीहरुका सख्या बढ्दै गएको छ ।

दम रागीहरुले चिसोमा बिशेष रुपले स्वास्थ्यको ख्याल गर्नु आवश्यक रहेको उनि बताउछन् । “दमका रोगीहरुलाई चिसो मौसममा हाछ्युँ आउने, नाक घाँटी खसखसाउने, एलजी हुने जस्ता समस्याहरु देखा पर्दछन् ।” उनि भन्छन् ।

डां. पन्तले दमका रोगीहरुलाई चिसोबाट बच्नका लागि केहि टिप्स दिएका छन् । जुन यसप्रकार छन् ।

घर बा कोठालाई न्यानो पार्ने र दमबाट ग्रसित बिरामीहरुले न्यानो लुगा लगाउनु पर्दछ ।

धुलो, धुवाँ र बातावरणीय प्रदुषणबाट जोगिानु पर्दछ , घर बाहिर निस्कदा गुणस्तरीय मास्क लगाउनु पर्दछ ।

भुत्ला वा रौं भएका पशुपंक्षीबाट टाढा रहनुपर्दछ ।

प्रशस्त मात्रामा पानी पिउने।

तातोका लागि धुवाँ आउने इन्धनहरुको प्रयोग नगर्ने।

यदि औषधि खाइरहेको छ भने बिचमा औषधि नछाड्ने।