पुस २५, काठमाडौं – काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका–२ बिपी राजमार्ग अन्तर्गत सेल्फिडाँडामा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार धुलिखेलबाट भकुण्डेबेसीतर्फ जाँदै गरेको वोल्ड वाईल्ड कन्ट्रक्सन प्रालि काठमाडौँको बा २ क ५ नम्बरको टिपर आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी २५० फिट तल खस्दा टिपरमा सवार दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको हो ।
त्यु हुनेमा मकवानपुर जिल्ला टिस्टुङ पालुङ बस्ने अन्दाजी वर्ष २३ को चालक अस्बिन विष्ट र ललितपुर जिल्ला चुनीखेल बस्ने अन्दाजी वर्ष २२ को विशाल खड्का रहेका छन् ।
खड्का सडक विभाग वोल्ड वाईल्ड कन्ट्रक्सन प्रालि काठमाडौँको सुपर भाइजर रहेको प्रहरीले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
.