गगन थापाले सरकारका प्रवक्ता बाँस्कोटालाई भने – विधेयक पढेको छैन भनेर हेप्नी!

 

पुस २४, काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले सूचना प्रविधि विधेयकका शब्द(शब्दमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटासँग छलफल गर्न आफू तयार रहेको बताएका छन् ।

थापाले छलफलका लागि कहाँ आउने भनेर सञ्चार तथा सूचना प्रविधि मन्त्री बाँस्कोटालाई प्रश्न पनि गरेका छन्।

‘विधेयकमा कहाँ छलफल गर्ने मन्त्रीजी? सिंहदरबारमा गर्ने, संसदमा कि माइतीघरमा गर्ने?,’ विधेयकको विरोधमा नेविसंघले बिहीबार माइतीघर मण्डलमा आयोजना गरेको कार्यक्रममा थापाले भने, ‘यो विधेयकको धारा(धारामा, दफा(दफामा छलफल गर्न तयार छु।’

मन्त्री बाँस्कोटाले विधेयक नपढी बोलेको प्रतिक्रिया दिएको उल्लेख गर्दै थापाले थपे, ‘माननीय मन्त्रीजीले भन्नुभएछ यो विधेयक नपढी आयो। प्रत्येक दफा, शब्दशब्दमा छलफल गर्ने हो? तयार छु। नपढी आयो भनेर हेप्नी हामीलाई?’

उनले गुठी विधेयकका बेला पनि सांसदले सदनमा मात्रै रोक्न नसकेको बताए।

‘गुठी विधेयकका बेला पनि संसदमा हाम्रो तागत पुगेको थिएन। तपाईंहरू सडकमा आउनुभयो सरकार झुक्यो,’ उनले भने, ‘अहिले पनि सडकमा आउनुपर्ने बेला भएको छ।’

‘यो हक सरकारसमर्थित अरिंगालहरूलाई मात्रै छ,’ उनले भने।

आलोचना गर्नेलाई काम गरेर जवाफ दिन प्रधानमन्त्रीले सक्नुपर्नेमा कार्यकर्ता ‘अरिंगाल’ परिचाल गरेको उनले बताए।

बोले भनें पाँच वर्ष जेल र जरिवाना लाग्छ भन्ने डरले नागरिक तर्सने पनि उनले बताए।