पुस २३, एजेन्सी – गत सेप्टेम्बरबाट अष्ट्रेलियाको जंगलमा लागेको आगोमा परी घाइते जनावर उद्धारका लागि विभिन्न अभियानहरू सञ्चालनमा ल्याइएका छन्।
अष्ट्रेलियाली वन विभागका अनुसार सो आगलागीमा परी अहिलेसम्म करीब ५० करोड जनावरको मृत्यु भइसकेको छ।
५ महिनादेखि लागेको डँढेलोमा परी ती जनावरहरूको मृत्यु भएको हो।
अष्ट्रेलियाली वन विभागका अनुसार सो आगलागीमा परी प्रतिहेक्टर करीब १ सय ७० जनावरको मृत्यु भएको पाइएको छ। अष्ट्रेलियाको करीब ८३ हजार ७ सय ८९ वर्ग किलोमिटर क्षेत्रफल जलेको छ।