पुस २२, काठमाडौं – कैलालीको टीकापुर नगरपालिकाले छाउपडी प्रथा न्यूनीकरण र नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गर्न समिति गठन गरेको छ ।
नगरपालिकाले सोसम्बन्धी कार्ययोजना बनाउन आयोजना गरेको छलफलमा उपप्रमुख केशरी रावल विष्ट संयोजक रहेको समिति गठन गरिएको हो ।
समितिले कार्ययोजना बनाई कार्यान्वयन गर्ने निर्णय गरेको छ । उपसंयोजकमा सामाजिक विकास समितिका संयोजक दीर्घ ठकुल्ला, सबै वडाध्यक्ष, अगुवा महिला तथा सञ्चारकर्मी, टीकापुरका प्रहरी प्रमुखलगायत सदस्य छन् ।