नौ महिना जेल बसेपछि ‘निर्दोष’ साबित

पुस २२, काठमाडौं – बलात्कारको आरोपमा ९ बर्षअघि जेल पुगेका सन्धुपाल्चोक सुनकोसी गाउँपालिका–६ थुम्पाखरका रेशमबहादुर पाख्रिन निर्दोष सावित भएका छन् ।

२०७५ कात्तिक १३ गतेका दिन एक अपरिचित महिलाले बलत्कारको आरोपमा उनीविरुद्ध महानगरीय प्रहरी परिसर ललितपुरमा मुद्दा दर्ता गराएपछि पाख्रिन पक्राउ परेका थिए ।

दोषी देखिने आधार फेला नपरेपनि उनलाई पुर्पक्षका लागि २४ दिन जेल चलान गरिएको थियो । पाख्रिनले कानुनी उपचार खोजिरहे ।

एकातिर डाक्टरको रिपोर्ट जिल्ला अदालत पाटनमा पेस भयो । उनी २०७६ असर २४ गते जिल्ला अदालत पाटनले पाख्रिन निर्दोष भएको फैसला सुनायो । यो समाचार आजको नेपाल समाचारपत्रबाट साभार गरिएको हो ।